नियम १०
इजाजतपत्र जारी गर्दा प्राथमिकता दिइने
(१) लगातार तीन वर्ष वा सो भन्दा बढी अवधिदेखि देशगत वा वस्तुगत विविधता ल्याई निकासी गर्ने व्यक्तिलाई इजाजतपत्र जारी गर्ने अधिकारीले प्रशंसापत्र दिन सक्नेछ । त्यस्तो प्रशंसापत्र प्राप्त गर्नेलाई निकासी इजाजतपत्र जारी गर्दा प्राथमिकता दिइनेछ ।
(२) निकासीबाट आर्जन हुने विदेशी मुद्राको तोकिएको अंश बापत तोकेको माल वस्तु पैठारी गर्न नेपाल सरकारले समय समयमा निर्धारण गरेको नीतिको आधारमा प्राथमिकता दिई इजाजतपत्र जारी गरिनेछ ।